अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी-२० अवार्ड मनोनयन खेलाडीको सूची सार्वजनिक।

काठमाडौं := अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले टी-२० अवार्ड मनोनयन सूची सार्वजनिक गरेको छ । जसमा भारतीय फास्ट बलर अर्शदीप सिंह टी-२० क्रिकेटर अफ द इयरको मनोनयनमा पर्नुभएको हो ।

उहाँ अवार्डका लागि मनोनीत हुने एकमात्र भारतीय हो । अवार्डका लागि उहाँले जिम्बावेका सिकन्दर रजा, अस्ट्रेलियाका ट्राभिस हेड र पाकिस्तानका पूर्वकप्तान बाबर आजमसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।

यसैगरी आइसिसीले एकदिवसीय क्रिकेटर वर्ष खेलाडीको अवार्ड मनोनयन पनि सार्वजनिक गरेको छ । मनोनयनमा श्रीलंकाका दुई र अफगानिस्तानका एक खेलाडी परेका छन् ।

यो वर्ष २६ विकेट लिनुभएका वानिन्दु हसरंगासँगै कुशल मेन्डिस मनोनयनमा पर्ने श्रीलंकन खेलाडी हुनुहुन्छ । यस्तै, महिलातर्फको एकदिवसीय वर्ष क्रिकेटरमा अस्ट्रेलियन, दक्षिण अफ्रिका, भारत र श्रीलंकाका एक-एक खेलाडी मनोनयनमा परेका छन् ।

यो वर्ष दक्षिण अफ्रिकाकी लाउरा उल्भार्टले १२ इनिङ्समा ६९७ रन बनाउनुभयो । श्रीलंकाकी चमारी अथापथ्रूले ९ इनिङमा ४५८ रन बनाउनुभयो । भारतकी स्मृति मन्धनाले यो वर्ष ७४३ रन बनाउँदा एक विकेट पनि लिनुभयो ।