दक्षिण कोरियामा विमान दुर्घटना हुँदा, कम्तीमा ६२  जनाको मृत्यु।

दक्षिण कोरिया := दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा ६२  जनाको मृत्यु भएको छ । १ सय ८१ जना सवार विमान आज बिहान अवतरणका क्रममा दुर्घटनामा परेको थियो। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार उद्धार कार्य जारी रहेको छ र केहीको जिवितै उद्धार गरिएको छ।

थाल्याण्डको बैंककबाट १ सय ७५ यात्रु र चालक दलका ६ सदस्यसहित फर्किएको जेजु एयरको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन लाग्दा रन–वेमा चिप्लिएर विमानस्थलको बारमा ठोक्किन पुगेको थियो।

योनहाप समाचार एजेन्सीले विमानको ल्याण्डिङ गेयरमा समस्या आउँदा दुर्घटना भएको अनुमान गरिएको उल्लेख गरेको छ।  दुर्घटनाको अनुसन्धान थालिएको र घाइते अवस्थामा उद्धार गरिएकाहरुलाई अस्पताल भर्ना गरिएको त्यहाँकाे यातायात मन्त्रालयले जनाएको छ ।