मलेसियामा नेपाली श्रमिक हरु यहाँ रहेका सरकारी निकाय , नियोग अथवा नेपाली राजदूतावासमा पनि कुनै काम बिशेषले जाँदाखेरि के – के कुरामा ध्यान दिनुपर्छ ? केहि बुँदा हरु तल उल्लेख गरिएको छ् , हेर्नुस् :
(१) फुल पाइन्ट र सर्ट अथवा टी(सर्ट लगाएर जाने ।
(२) नशालु पदार्थ , जाँडरक्सीको सेवन गरेर नजाने ।
(३) नियोगभित्र धूम्रपान अथवा मद्यपानको सेवन नगर्ने ।
(४) गुट्खा अथवा सुर्तीजन्य पदार्थको सेवन गरेर जथाभावी नथुक्ने ।
(५) नियोगको कर्मचारीहरु संग बोल्दा मर्यादित भैइ सभ्य र सरल भाषामा बोल्ने ।
(६) नियोगको कर्मचारीहरु संग बिना कुनै कारण झै(झगडा अथवा वादविवाद नगर्ने ।
(७) कुनै काम परेमा सिंधै सरकारी नियोगमा सम्पर्क गर्ने , बिचौलियाको प्रयोग नगर्ने ।
(८) काम गराए बापत लाग्ने सरकारी दस्तुरबाहेक अन्य केहि रकम कसैलाई पनि नदिने ।
(९) सकभर चप्पल लगाएर भन्दा पनि जुता लगाएर जाने ।
(१०) केहि समस्या वा कुनै किसिमका गुनासा भएमा गुनासो शाखामा निवेदन दिने ।