क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली श्रमिकको सडक दुर्घटनामा परि मृत्यु भएको छ।
गत मंगलबारको राती काम गर्ने कम्पनीदेखि आफू बस्ने कोठामा फर्किर्दै गर्दा सडकमा हिडिरहेको बेला गुडिरहेको गाडीले ठक्कर दिँदा रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ६ मयाङका अन्दाजी ३५ वर्षिय पुर्णबहादुर सेन “ठकुरी”को मृत्यु भएको मलेसियास्थित नेपाली राजदूतावासले बताए।
रोजगारीको सिलसिलामा मलेसिया आईपुग्नु भएका मृतक पूर्णबहादुर मलेसियाको एक कम्पनीमा काम गर्दै आएका थिए । तर पुर्णबहादुर वैधानिक थिए ? या अवैधानिक खुल्न बाँकी रहेको छ ।
मृतक पुर्णबहादुरको शव पोष्टमार्टको लागि केलाङ अस्पतालमा राखिएको दूतावासले जानकारी दिए। आवश्यक अनुसन्धान सकिएपश्चात् मृतकको शव अन्तिम दाहसंस्कारको लागि नेपाल पठाइने दूतावासले बताए ।