क्रिसमसको अवसरमा मलेसियास्थित नेपाली राजदूतावास बन्द रहने।

क्वालालम्पुर := मलेसिया क्वालालम्पुरस्थित नेपाली राजदूतावासबाट प्रभाव हुने सम्पूर्ण कन्सुलर सेवा एकदिनको लागि बन्द रहने भएको छ ।

दूतावासले एक सूचना सार्वजनिक गर्दै , यहीँ मिति सन् २०२४ डिसेम्बर २५ तारिख बुधबारको दिन कृश्चियन धर्मावलम्बीहरुको महान पर्व क्रिसमसको अवसरमा नेपाली राजदूतावासको सम्पूर्ण सेवाहरू बन्द रहने बताएको हो ।

साथै दूतावासले यस एकदिनको विदा अवधिभरीमा कुनै आकस्मिक सहयोग चाहिएको खण्डमा दूतावासको हटलाइन नम्बर +६०१६२४७२७७७ मा सम्पर्क गर्न सकिने बताएको छ ।