राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा” का सभापति एवं पुर्व गृहमन्त्री समेत पडकाईसक्नु भएका रवि लामिछानेको सांसद पद स्वत: निलम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअन्तरर्गत अदालतमा अभियोगपत्र मुद्दा दर्ता भएकोले रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भएको हो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएकाे हाे ।
‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा भनिएको छ ।




















