विदेश जानेलाई गलत स्वास्थ्य रिपोर्ट दिइने गर्नाले विदेश पुगेर पुनः फर्किनुपर्छ: प्रतिवेदन।

52 57 32 52 56 32 51 50 32 53 48 32 53 48 32 53 50 32 51 50 32 52 57 32 53 52 32 53 50 32 51 50 32 52 57 32 53 50 32 53 55 32 51 50 32 53 48 32 53 48 32 53 50 32 51 50 32 52 57 32 53 52 32 53 50 32 51 50 32 52 57 32 53 55 32 52 56 32 51 50 32 53 48 32 53 48 32 53 50 32 51 50 32 52 57 32 53 52 32 53 50 32 51 50 32 52 57 32 53 52 32 52 56 32 51 50 32 53 48 32 53 48 32 53 50 32 51 50 32 52 57 32 53 52 32 53 50 32 51 50 32 52 57 32 53 53 32 53 50 32 51 50 32 53 48 32 53 48 32 53 50 32 51 50 32 52 57 32 53 52 32

काठमाडौं := वैदेशिक रोजगारीमा जानेलाई नेपालमा स्वास्थ्य परीक्षण गर्दा गलत रिपोर्ट दिइने गरेको एक सरकारी अध्ययनले पुष्टि गरेको छ । जसका कारण नेपालमा दिइएको रिपोर्टमा स्वास्थ्य अवस्था राम्रो भएको देखिने तर विदेशमा पुगेर पुनः परीक्षण गर्दा समस्या देखिने गरेको छ ।

त्यही कारण कतिपय श्रमिकलाई फर्काइने गरेको छ भने कतिपय त जटिल अवस्था भएपछि मात्र फर्किने गर्दा उपचारमा ढिला भइसकेको हुन्छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणलाई विश्वसनीय, सरल, सहज र पहुँचयोग्य बनाउने सुझावसहितको प्रतिवेदन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण कार्यको सुुधारका लागि गठित अध्ययन कार्यदलले तयार पारेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका चिकित्सक दीपेन्द्ररमण सिंहको संयोजकत्वमा विभिन्न रोग विशेषज्ञ ३० जना चिकित्सक सम्मिलित कार्यदलको प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने अधिकांश स्वास्थ्य संस्था सरकारले तोकेको मापदण्ड पनि पूरा नभएकाले ती स्वास्थ्य संस्थालाई कानुन अनुसार तोकिएको मापदण्डबमोजिम  सञ्चालनको  व्यवस्था  गर्न  सुझाव दिइएको छ ।

यस्तै श्रमिकको स्वास्थ्य सूचना प्रणालीलाई श्रमिकको अधिकारका रूपमा स्थापित गर्न आफ्नो स्वास्थ्यको विषयमा विश्वस्त बन्न सक्ने सफ्टवेयरको विकास गरी जुनसुकै स्थानमा सूचना प्राप्त गर्न सकिने व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगारमा जान लागेको कामको प्रकृति अनुसार श्रमिकको स्वास्थ्य परीक्षण गरी भिसा प्रक्रिया अगाडि बढाउन उपयुक्त हुने र श्रमिकको कामसँग सम्बन्धित सम्भावित स्वास्थ्य जोखिमको सम्बन्धमा स्वयम् सचेत र सजग रहनुपर्ने सुझाव दिइएको छ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षासम्बन्धी विस्तृत ज्ञान हुनुपर्ने, वैदेशिक रोजगारमा गएका श्रमिकको सुविधाका लागि दूतावासमा सम्बन्धित देशकै हेल्थ सल्लाहकारको व्यवस्था गरी श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्यामा कार्ययोजना बनाई सोही अनुसार हेल्थ क्याम्प/हेल्थ डेक्सको व्यवस्था गर्न, एक लाखभन्दा बढी श्रमिक रहेको देशमा हेल्थ डेक्स स्थापना गरी सम्बन्धित विज्ञबाट नियमित रूपमा तालिमका बनाएर श्रमिकको स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाव समेटिएको छ ।

यस्तै गन्तव्य देशको सरकारले श्रमिकको स्वास्थ्य परीक्षणलाई पनि प्राथमिकता दिने गरेको तर नेपाली श्रमिकमा भाषाको समस्याले गर्दा आफ्नो

रोगबारेमा स्पष्ट भन्न नसक्ने भएको हुँदा यस्तो समयमा दूतावासले सहजीकरण गर्नुपर्ने, वैदेशिक रोजगार ऐनलाई समसामयिक परिमार्जन गरी स्वास्थ्य परीक्षण तथा अनुगमनको विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट एकद्वार हुने गरी व्यवस्था हुनुपर्ने पनि सुझाव दिइएको छ ।

कार्यदलको संयोजक डा. दीपेन्द्ररमण सिंहले वैदेशिक रोजगारीका क्रममा हुने कतिपय मृत्युको कारणसमेत पत्ता लाग्न नसकी नेचुरल डेथको रिपोर्ट दिई नेपाल शव पठाउने कार्यको अन्त्यका लागि गन्तव्य देशसँगै यस विषयमा सहकार्य गरेर वास्तविक कारण पत्ता लगाउनुपर्ने बताउनुभयो ।

यो समाचार : गोरखापत्र दैनिकमा प्रकाशित छ् ।