एनपीएलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश, चितवन आउट।

काठमाडौं := सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत इलिमिनेटरको खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।  चितवन भने बाहिरिएको छ। अब फाइनल प्रवेशका लागि कर्णालीले बिहीबार प्रतिस्पर्धा गर्नेछ।

चितवनमाथि कर्णालीले २१ रनले जित हात पारेको हो। चितवनले  ९ विकेट गुमाएर १५५ रन बनाएको थियो।  चितवनका लागि रवि बोपरा ५३, कप्तान कुशल मल्ल २१, विपिन रावल १८, लुक बेन्स्किन्स १६, अमर रौठेल ९ सन्तोष कार्की ६, रिजन ढकाल ७,सोहेल तान्विर ४,  हसन एइसखाइल एक,

कर्णालीका लागि जिसद मक्सुद तीन, कप्तान सोमपाल कामी र नन्दन यादव दुई विकेट  र विपिन शर्मा एक विकेट लिए।  कर्णालीका तीन विदेशी खेलाडी चल्दा कर्णालीले १७६ को विशाल लक्ष्य दिएको थियो।

कर्णालीका लागि जयकिशन कोल्सावाला ५३, विलियम बसिस्टो ५२, जिसन मक्सुद १४, देव खनाल ३ बलमा रन आउट भए भने गुलशन झा र रित गौतम शून्य आउट भए।  चितवनका लागि सोहेल तान्विरले दुई, कप्तान कुशल मल्ल, रवि बोपराले समान एक विकेट लिए।

दुवै टिमले लिग चरणमा ७ मध्ये ४ खेल जित्दै ८ अंक सहित प्लेअफमा स्थान बनाएका हुन्। लिग चरणमा चितवनले फास्ट बलिङ र आक्रामक ब्याटिङ प्रदर्शन गरेको थियो। कर्णालीले पनि सुरूआती दुई खेल गुमाएपछि शानदार पुनरागमन गर्दै लगातार ४ खेल जितेको थियो।

लिग चरणमा चितवनविरुद्ध कर्णाली विजयी भएको थियो। यो एलिमिनेटर खेल भएकाले पराजित भएको चितवन आज प्रतियोगिताबाट बाहिरिएको छ। विजयी टोलीले पहिलो क्वालीफायरमा हार बेहोर्न टिमसँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ