वेष्ट इण्डिजका विश्व प्रख्यात क्रिकेटर ब्रायन लारा नेपाल आउने।

काठमाडौं := वेष्ट इण्डिजका विश्व प्रख्यात क्रिकेटर ब्रायन लारा नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न नेपाल आउनुहुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले महान् क्रिकेटर लारा एनपिएल हेर्न नेपाल आउन लागेको जानकारी दिएको हो। तर, क्यानले लारा नेपाल आउने समय भने खुलाएको छैन । लारा एक टेस्टमा चार सय रन प्रहार गर्ने एकमात्र ब्याट्सम्यान हुनुहुन्छ ।

उहाँले वेष्ट इण्डिजका लागि १३१ टेस्ट खेल्दै ३४ शतक र ४८ अर्धशतकसहित ११ हजार ९५३ रन बनाउनुभएको छ । यस्तै उहाँले २९९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १९ शतक र ६३ अर्धशतक हान्दै १० हजार ४०५ रन बनाउनुभएको छ ।