चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’को प्रदर्शन मिति परिवर्तन, अब माघमा रिलिज हुने।

काठमाडौं := यसअघि गत कात्तिक ३० गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माण पक्षका अनुसार यो चलचित्र आगामी माघ ११ गते अर्थात् जनवरी २४, २०२५ मा रिलिज हुनेछ । निर्माण पक्षले फिल्मका प्रमुख पात्र नाजिर हुसेन र सृष्टि श्रेष्ठ एकअर्कामा अडिएर उभिएको तस्वीर सार्वजनिक गर्दै नयाँ रिलिज मिति बाहिर ल्याएको हो ।

दीपेन्द्र गौचनको निर्देशन रहेको चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्ण लगायतका कलाकारको अभिनय छ भने अमितेष शाहको विशेष भूमिका छ ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्रमा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, जीवन पोखरेल र दीपेशको कष्ट्युम, अकी थेक्पाको आर्ट निर्देशन, राहुल जैरुको सहायक आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको यो चलचित्र एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दै छन् ।