काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख “मेयर”मा नेपाली कांग्रेसका डंगोल विजयी।

काठमाडौं := स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।

उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल ५ हजार ३३४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनले ४ हजार ५५५ मत प्राप्त गरे।

नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याएका छन्। यसअघि ०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको मृगौला सम्बन्धी रोगबाट निधन भएपछि कीर्तिपुरमा उपचुनाव भएको हो।

आइतवार भएको उपनिर्वाचनमा कीर्तिपुर-१ र कीर्तिपुर-४ मा पनि कांग्रेसकै इच्छाकुमार महर्जन र राजेन्द्र बानियाँ विजयी भएका छन्।