बर्दियाको ठाकुरबाबा नगरपालिका – ४ को वडाध्यक्ष नेपाली काँग्रेसका अमिन थारू निर्वाचित।

बर्दिया := बर्दियाको ठाकुरबाबा नगरपालिका – ४ को वडाध्यक्ष नेपाली काँग्रेसका अमिन थारू निर्वाचित भएका छन्। सोमबार बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार ४८ वर्षीय थारु १०४३ मत प्राप्त गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन्।

३ हजार ५१० मतदाता रहेको सो वडामा २ हजार २३९ मत खसेको थियो। उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका शेरबहादुर थारूले ६७८ मत ल्याए। वडाध्यक्ष निर्वाचित अमिन थारूले ३६५ मतान्तर कायम गरे।

साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विष्णुप्रसाद देवकोटाले तीन सय ३७, नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारुले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका बासुदेव शर्माले १७ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

यो वडामा २०७९ सालमा पनि  कांग्रेसका सूर्यबहादुर बिष्ट निर्वाचित भएका थिए। उनी जिल्ला पार्टी सभापति बनेपछि कार्यवाहक वडाध्यक्ष अमिन थारूलाई दिएका थिए।