डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षमा कांग्रेसका मोहन थापा निर्वाचित।

डोटी := स्थानीय तहको उपनिर्वाचनमा डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षमा कांग्रेसका मोहन थापा निर्वाचित भएका छन्। थापा ४६८ मतका साथ निर्वाचित हुँदा उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३०१ मत पाएका छन्।

त्यस्तै, नेकपा माओवादी केन्द्रका देवीलाल थापाले ३६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका जनकी खड्का कुँवरले ३१ मत प्राप्त गरेका छन् । यहाँ जम्मा ८ सय ३९ मत खसेको थियो । यो वडामा २०७९ मा पनि कांग्रेसले नै जितेको थियो ।