एनपिएल क्रिकेट: उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सको जित।

काठमाडौं := नेपाल प्रिमियर लिग (एनपिएल) को आज सम्पन्न उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले जितको सुरुवाती खाता खोलेको छ । विराटनगर किङ्ग्सले दिएको १२८ रनको लक्ष्य जनकपुर बोल्ट्सले ८ विकेटले जित हासिल गरेको हो ।

विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लागि लाहिरु मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा ७५ रन बनाए। उनी अविजित रहे ।

यस्तै हर्ष थाकरले अविजित रहँदै ३३ बलमा २६ रन बनाए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । पुस ६ गतेसम्म चल्ने एनपिएलमा आठ टोली सहभागी छन्।