काठमाडौं := नेपाल प्रीमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । मंसिर १५ गतेदेखि हुने एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्टस र विराटनगर किंग्सबिच हुनेछ । एनपीएलमा ८ फेन्चाइच टोली सहभागी छन् ।
नेपाल क्रीकेट संघ (क्यान) ले आज सार्वजनिक गरेको तालिका अनुसार मंसिर १६ गते भने कुनै खेल हुने छैन ।पहिलो दिनको खेल सुरु अपराह्न १२: १५ बजेदेखि हुनेछ। मंसिर १७ देखिका खेलहरु पहिलो विहान ९:१५ र दोस्रो खेल दिउँसो १:१५ बजेदेखि सुरु हुनेछ ।
मंसिर १७ गतेदेखि दैनिक २ खेल हुने छ भने पुस ३ गतेदेखि प्लेअफका खेल हुनेछ । एनपीएलको फाइनल खेल पुस ६ गते हुनेछ ।





















