काठमाडौं := विभिन्न चार देशका नवनियुक्त नेपाली राजदूतले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ लिनेहरुमा पाकिस्तानका लागि रीता ढकाल, कतारका लागि रमेशचन्द्र पौडेल, इजरायलका लागि धनप्रसाद पण्डित र चीनका लागि कृष्ण प्रसाद ओली रहेका छ्न ।
अनुमोदित राजदूतहरूलाई आइतवार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । मन्त्रिपरिषद बाट राजदूत सिफारिस भएका उनीहरू राष्ट्रपतिबाट नियुक्त भएका थिए।




















