काठमाडौँ:= नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ महिला टी-२० विश्वकपमा पुगेको नेपाली क्रिकेट खेलाडीलाई पुरस्कार रकम दिने घोषणा गरेको छ । क्यानले यू-१९ महिला टिमक सदस्यलाई जनही २ लाख ५० हजार र टिम अफिसियललाई एक लाख ५० हजार नगद पुरस्कार दिने निर्णय गरेको हो ।
बुधवार भएको एशिया छनोटको अन्तिम खेलमा घरेलु टोली यूएईलाई ८ विकेटले पराजित गर्दै नेट रनरेटका आधारमा नेपालले सन् २०२५ मा मलेशियामा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरेको हो।
खेलाडीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीलगायतले स्वागत गरे। यूएईलाई नेट रनरेटका आधारमा उछिन्दै पहिलो पटक महिला यू–१९ टी–२० विश्वकपमा पुगेको हो।




















