काठमाडौं := बहुचर्चित नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने नेपाली फिल्मको इतिहास बनाएको छ । फिल्मले प्रदर्शनको १३ औँ दिन मंगलबारसम्म देशव्यापी २५ करोड ४ लाख रुपैयाँ कमाएको छ ।
साथै ‘पूर्णबहादुरको सारङ्गी’ ले यसअघि धेरै कमाउने फिल्म ‘कबड्डी ४’ को २३ करोड ५० लाखको किर्तिमान तोडेको हो। वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबारसम्म फिल्मले २५ करोड ४ लाख ग्रस कमाई गरेको जानकारी दिएको छ। कमाईको किर्तिमानसँगै फिल्मले सर्वाधिक शो पाउने फिल्म पनि बनेको छ। फिल्म एकै दिन ४८० भन्दा बढी शो पाएको थियो।




















