पेरिस:= फ्रेन्च कप्तान किलियन एमबाप्पेले युइएफए नेसन्स लिगअन्तर्गत इजरायल र इटालीविरुद्धको खेल गुमाउनु हुनेभएको छ । २५ वर्षीय एमबाप्पे चोटमुक्त भए पनि जोखिम लिन नचाहेर टोलीमा समावेश नगरेको फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले बताउनुभयो ।
‘एमबाप्पेसँग छलफल गरेरै म यो निर्णयमा पुगेको हुँ,’ डेसच्याम्पले भन्नुभयो, ‘उनी टोलीमा समावेश हुन चाहन्थे, तर भर्खरै चोटमुक्त भएकाले मैले जोखिम लिन चाहिन ।’ फ्रान्सले नोभेम्बर १४ मा इजरायल र त्यसको चार दिनपछि इटालीको सामना गर्नेछ । चोटका कारण एमबाप्पेले फ्रान्सका पछिल्ला दुई खेल गुमाउनुभएको थियो । एजेन्सी