काठमाडौं := डोनाल्ड ट्रम्प पुनः अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएसँगै विश्वका नेताहरूले बधाई दिईरहेका छन् । राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक घोषणा भइनसक्दै बुधबारदेखि नै उहाँलाई बधाई दिने क्रम सुरु भएको थियो ।
बधाई दिने क्रममै नेपालकोनराष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई मेन्सन गर्दै राष्ट्रपति पौडेलले ऐतिहासिक जितका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको हो ।
‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालका लागि तपाईंलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ।’ राष्ट्रपति पौडेलले लेख्नुभएको छ । उहाँले ट्रम्पको कार्यकालमा नेपाल-अमेरिका सम्बन्ध थप सुदृढ हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।




















