क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली सघं “एनआरएनए” क्षेत्रीय समिति जोहरबारुले हिन्दूहरुको दोस्रो ठूलो महानचाडपर्व शुभ दीपावलीको पावन अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ ।
जोहोरबारुमा रहेका व्यवसायी , संघसंस्था र विभिन्न श्रमिकहरूलाई मध्यनजर गर्दै समय मिलेसम्म सबै स्थान तर समय अनुकूल भएबापत कुनै चार स्थानमा सबै श्रमिक सबै व्यापारीहरुलाई भेला गराई एनआरएनए जोहोर समितिले देउसी भैलो कार्यक्रम यहि शुक्रवारदेखि आइतवारसम्म गरि जम्मा ३ दिन कार्यक्रम आयोजना गर्ने भएका हुन ।
साथै समितिले जानकारी दिए अनुसार उक्त देउसी भैलो कार्यक्रममा जोहोरबारु मा रहेका नेपालि दाजुभाई दिदिबहिनिले आफ्नो कला, नृत्य प्रस्तुति दिन चाहेमा तल उल्लेखित निम्न ब्याक्तिहरु लाई सम्पर्क गर्नुहुन अनुरोध गरेका छ्न ।
एनआरएनए जोहोर अध्यक्ष बेदना श्रेष्ठ : +६०१०२३६५८८७
उपाध्यक्ष एवम् सांस्कृतिक संयोजक बिन्दु दर्लामि +६०११२१६३१०५४
सचिव छबि लाल गिरि +६०११३३७४६६९१




















