यस बर्षको ‘बालोन डि ओर’ को उपाधि स्पेनिस मिडफिल्डर रोड्रीले जिते।

एजेन्सी := म्यानचेस्टर सिटीबाट खेल्ने स्पेनिस मिडफिल्डर रोड्रीले यस बर्षको ‘बालोन डि ओर’ को उपाधि जित्नुभएको छ ।फ्रान्स फुटबल फेडेरेसनले हरेक बर्ष प्रदान गर्ने बालोन डो अर अवार्ड युरो कप विजेता स्पेनका रोड्रीले जित्नुभएको हो । उहाँले ब्राजिलका भिनिसियस जुनियरलाई पछि पार्दै यो अवार्ड जित्नुभएको हो ।

रोड्रीले स्पेनलाई युरोकप जिताउनु भएको थियो भने म्यानचेस्टर सिटीलाई प्रिमियर लिग, फिफा क्लब विश्वकप र युइएफए सुपर कप जिताउनु भएको थियो ।बालोन डि ओर जित्ने रोड्री पहिलो मिडफिल्डर हुनुहुन्छ। २००८ देखि अहिलेसम्म क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी बाहेक बालोन डो अर जित्ने उहाँ तेस्रो खेलाडी हुनुहन्छ। यस बिचमा मोड्रीचले २०१८ र करिम बेन्जमाले २०२२ मा बालोन डो अर जित्नुभएको थियो ।