एन्फाद्वारा बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको टिकट बिक्रि बन्द।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही कात्तिक १४ गते हुने नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ।

आइतवार भएको दोस्रो सेमिफाइनलअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न आउने दर्शकको संख्या रंगशालाको क्षमताभन्दा बढी भएको र खेलाडी एवं दर्शकको सुरक्षाका लागि तत्कालका लागि टिकट बिक्री स्थगन गरेको एन्फाको भनाइ छ।

साफको टिकेटिङ अधिकारप्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले दोस्रो सेमिफाइनल खेलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेकाले यस विषयमा सत्यतत्य बुझेर मात्र टिकट बिक्री खोलिने एन्फाले जनाएको छ। एन्फाले टिकट बिक्रि बन्द रहेकाले कसैसँग टिकट खरिद नगर्न समेत आग्रह गरेको छ।

तल हेर्नुस् सार्वजनिक सूचना :