इजरायल र हमासबीच युद्धविराम बारे कतारको दोहामा बार्ता शुरु।

Smoke and flames rise during an Israeli air strike, amid a flare-up of Israeli-Palestinian violence, in Gaza City May 14, 2021. REUTERS/Mohammed Salem

एजेन्सी := इजरायल र हमासबीच कतारको दोहामा युद्धविराम बारे बार्ता शुरु भएको छ । सिएनएनका अनुसार अमेरिका र कतारसहितका उच्च कुटनीतिज्ञको उपस्थितिमा गाजामा युद्ध विराम बारे बार्ता भइरहेको छ । हमासका सर्वोच्च नेता याहया सिनवार मारिएपछि अमेरिकाले युद्धविरामको पहल गर्दै आएको थियो ।

पछिल्लो दुई महिनामा यस किसिमको वार्ता भएको यो पहिलो पटक हो ।यस वार्तामा इजिप्टले पनि महत्वपूर्ण भूमिका खेलिरहेको बताइएको छ । इजिप्टले यस अघि नै दुई दिनको युद्ध विरामको प्रस्ताव गर्दै इजरायलले प्यालेस्टाइन कैदीको रिहा गरेमा हमासले चार इजरायली बन्दकलाई रिहा गर्ने बताएको थियो ।