नेपालीका लागि बन्द रहेको मलेसिया रोजगार तत्काल नखुल्ने।

क्वालालम्पुर (मलेसिया):= विदेशी कामदारको लागि तत्काल मलेसिया रोजगारीको कोटा नखुल्ने भएका छ्न।
गृहमन्त्री दातुक सेरी सैफुद्दिन नासुशन इस्माइलले विदेशी कामदारको लागि बन्द रहेको मलेसिया रोजगारी तत्काल खोल्न नसकिने बताएका छ्न ।

गृहमन्त्री इस्माइलले मलेसियाको १२औँ योजना (RMK-१२) अन्तर्गत पछिल्लो सेप्टेम्बर १५ तारिखसम्ममा गरिएको सर्वेक्षण अनुसार मलेसिया प्रवेश गरेका विदेशी कामदारको संख्याले तोकिएको सीमा नाघेपछि विदेशीको लागि कोटा खोल्ने निर्णयको अध्ययन र पुनर्विचार गरी सरकारले वैदेशिक रोजगारीका लागि आउने कोटाका आवेदन रोक्का “फ्रिज” गर्ने निर्णयलाई आगामी दिनसम्म पनि निरन्तरता दिइने सार्वजनिक एक बिज्ञप्ति मार्फत बताएका हुन ।

साथै गृहमन्त्री इस्माइलले पछिल्लो समय अन्तर्राष्ट्रिय विमानस्थल केयलआईए परिसरमा अध्यागमनकै केहि पदाधिकारीको संलग्नतामा घुसपैठ भैइरहेको , अवैधानिक विदेशी प्रवेश गराइएको बताउदै त्यसलाई नियन्त्रण गर्न सरकारले तोकेको नियम,कानुन लागू भए नभएको सुनिश्चित गर्न गृह मन्त्रालय आफैंले पनि विदेशी कामदारको प्रवेशद्वारको निरन्तर अनुगमन गरिरहेको बताए ।

साथै गृहमन्त्री इस्माइलले थप्दै भने , मलेसियामा अवैधानिक विदेशी कामदार वैधानिक बन्न मिल्ने RTK २.o को अवधी पनि सकिएकोले अब तत्कालै वैधानिक बन्न मिल्ने कुनै पनि कार्यक्रम सुचारु हुनेछैन ।

उनले भने “वर्कफोर्स रिक्यालिब्रेसन प्रोग्राम (RTK) २.o को लागि दर्ता अवधि समाप्त भएको र आरटीकेमा अप्लाई गरेर पनि भिसा नलागेको सबै अवैधानिक हैसियतमै रहेको ठहर गर्दै तिनीहरु सबैजना समयमै आ-आफ्नो देश फर्किनु पर्ने बताए ।