“एनआरएनए” मलेसियाद्वारा बाढी पहिरोबाट प्रभावित पीडित नागरिकलाई रु. १ लाख १ हजार सहयोग।

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ “एनआरएनए” एनसीसी मलेसियाले नेपालमा आएको बाढी पहिरोबाट प्रभावित पीडित नागरिकलाई सहयोग होस् भन्ने हेतुले आर्थिक सहयोग प्रदान गरेका छ्न ।

अध्यक्ष डा.बद्री केसी नेतृत्वको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसीले बाढी पहिरो पीडितका लागि संचालन गरिरहेको “आपतकालीन बिपत्त तथा राहत कोष” सहयोग कार्यक्रम अन्तर्गत एनआरएनए मलेसियाको तर्फबाट नेपाली रु. १ लाख १ हजार रुपैयाँ सहयोग प्रदान गरिएको एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो “आरके” ले मलाया खबरलाई जानकारी दिनूभयो ।

एनआरएनए मलेसियाले नेपालमा पठाएको सहयोग रकम को बैंक सिलिप ।

एनआरएनए मलेसिया अध्यक्ष आरके महतोले आफ्नै सक्रियतामा पैसा दान दिएर समितिभित्रका पदाधिकारी हरुको सहयोगमा संकलित रकम मलेसिया आरएम ३ हजार २५९ रिंगेट नेपालमा आएको बाढी पहिरोबाट प्रभावित पीडित नेपाली नागरिकलाई सहयोग होस् र राहत पुगोस् भन्ने सोचका साथ “एनआरएनए इमर्जेन्सी फण्ड” को खातामा डिपोजिट गरि सहयोग गरिएको बताउनुभयो ।

एनआरएनए मलेसियाले पछिल्लो समय लगातार रुपमा यहाँ मलेसियामा विभिन्न कारणले पीडित अवस्थामा रहेका नेपाली श्रमिकलाई आर्थिक , हवाई टिकट सहयोग गर्नेदेखि नेपालमा रहेका पीडित , दुखित नागरिकहरु लाई सहयोग गर्दै आएका छ्न ।