एनआरएनए मलेसियाका अध्यक्ष महतोद्वारा जेल परेका नेपालीलाई हवाई टिकट सहयोग।

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ “एनआरएनए” एनसीसी मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो “आरके” ले एक पीडित नेपाली श्रमिकलाई हवाई टिकट सहयोग गरेका छ्न ।

नेपाली श्रमिक कुबिर कुमार खत्री वैदेशिक रोजगारीको सिलसिलामा केहि बर्ष पहिले मलेसियामा आई काम गर्दागर्दै रोजगारदाता कम्पनी छाडी भागेर अवैधानिक  हैसियतमा रहि कार्यरत रहेको बेला जोहोरको गेलाङपातामा स्थानीय अध्यागमन (इमिग्रेशन) द्वारा पक्राउ परि जेल परेका थिए ।

जेल सजाय पूरा भैइ लामो समयदेखि घरफिर्ति केन्द्र “डिटेन्सन क्याम्प” मा रहेका कुबिर कुमार खत्रीलाई स्वदेश फर्काउन एनआरएनए जोहोर क्षेत्रीय समितिका पुर्व अध्यक्ष एवं ब्यावसायी हरिबहादुर बस्नेतले नेपाली दूतावाससंगको समन्वयमा अध्यागमनसंग पटकपटक छलफलसंगै पहल थालेका थिए ।

अध्यागमनले जेल सजाय पूरा भएको स्वदेश फर्काउन मिल्ने जानकारी दिएसंगै एनआरएनए मलेसियाका अध्यक्ष आरके महतोले स्वदेश फर्किन आवश्यक पर्ने एकतर्फी हवाई टिकट किनिदिएर सहयोग गरेका हुन । पीडित खत्री यहीँ अक्टोबर २२ तारिख स्वदेश फर्किदैछ्न ।
स्मरण रहोस् अध्यक्ष महतोले सन् २०२३ मा सम्पन्न एनआरएनए मलेसियाको अधिवेशनकै बेला आफू अध्यक्ष पदमा बहाली भएपछि नेपाली श्रमिकलाई संघ र आफ्नो ब्यक्तिगत तर्फबाट पनि सक्दो सहयोग गर्ने , उद्दार गर्ने घोषणा गरेका थिए ।