कुवेत := एक साताभित्रै वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत दुईजना नेपाली महिला श्रमिकको असमायिक निधन भएको छ । अच्चानक हृदयघात भएर निधन हुनेमा नवलपुर जिल्ला निवासी पुर्णिमाया थापा मगर पासपोर्ट ,०७१८३०४६ नम्बर रहेको कुवेतस्थित समाजसेवी घनश्याम थापा मगरले जानकारी दिए ।
ऊनी बिगत सन् २०१४ देखि अवैधानिक हैसियतमा रहि कुबेतमा कार्यरत रहेको जानकारी प्राप्त भएको छ ।
मृतक महिलाको परिवारले दिएको जानकारी अनुसार पुर्णिमाया थापा मगर बिरामी भएर एक नेपाली ट्याक्सीमा बसि उपचारको लागि अस्पताल जाँदै थिएन तर अस्पताल पुग्नु भन्दा पहिल्यै बाटोमै निधन भएको जानकारी दिए ।
उनको हत्यामा नेपाली ड्राइभरको संलग्नता हुनसक्ने भन्दै अनुसन्धानको लागि ड्राइभरलाई कुबेतको स्थानीय प्रहरीले पक्राउ गरि केहिदिन प्रहरी हिरासतमा राखि सोधपुछ पश्चात् जमानतमा छाडिदिएको परिवारले बताए । मृतक मगरको शव पोस्टमार्टमको लागि अहिले कुबेत जाबरिया अस्पतालमा रहेकोे कुवेतस्थित नेपाली राजदुतावास बाट जानकारी प्राप्त भएको छ ।
मृतक महिलाको शव नेपाल फिर्ता पठाउन पासपोर्ट चाहिने भएकोले उहाँको पहिलेको रोजगार दाता कम्पनी लाई खोजिरहेको नेपाली राजदुतावास कुबेतका प्रथम सचीव सुजन बिदारीले बताए । मृत शव नेपाल पठाउन ३८५ केडि लाग्ने दूतावास ले बताए ।
त्यस्तै मृत्युु हुने अर्की एक महिला तुलसा ओली (राहदानी नम्बर ०७८६८५८६)को पनि फर्वानियामा अक्टोबर १० मा हृदयाघातकै कारण निधन भएको जानकारी प्राप्त भएको छ। मृतक ओलीको नेपालको ठेगाना भने खुलिसकेको छैन्। उनको शव पोस्टमार्टम गर्ने सिलसिलामा फर्वानियामा अस्पातलमा रहेको बुझिएको छ।
कुवेतमा नेपाली हरु काम गर्न आएर रोजगारदाता कम्पनी छाडि भागेर अवैधानिक बन्दा जटिल समस्या पर्ने गरेको र बिरामी पर्दा उपचार गराउन अनि मृत्यु हुँदा नेपाल शव पठाउन कानुनी बाधा अडचन आउने गरेको नेपाली राजदूतावासले बताए । साथै कोहि पनि नेपाली अवैधानिक नहुन दूतावासले अनुरोध समेत गरेका छ्न।




















