तामाङ घेदुङ मलेसियाको अध्यक्षमा विक्रम वाईबा तामाङ सर्वसम्मत, एक पत्रकार र एक समाजसेवी सम्मानित।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत तामाङ समुदायको एकमात्रै माउ संस्था “नेपाल तामाङ घेदुङ्  मलेसिया” केन्द्रिय समिति क्वालालम्पुर मलेसियाको चौथो अधिवेशन तथा १९औं बार्षिक उत्सव कार्यक्रम सभ्य भब्य रुपमा सम्पन्न भएको छ ।

आज आईतवारको दिन राजधानी क्वालालम्पुरमा “विश्व भरी छरिएर रहेका तामाङहरू एक हौं ‘हृयाङ्‌‌लान हीमठीम हृयाङ्‌लान ग्योई, हृयाङ्सेन तोरतोर छार्नालाई” भन्ने मुल नाराको साथ घेदुङ मलेसियाको अध्यक्ष मिलन थिङ् तामाङको सभापतित्वमा सम्पन्न चौथो अधिवेशन तथा १९औं वार्षिक उत्सव कार्यक्रमबाट विक्रम वाईबा तामाङको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

तस्वीरमा प्रमाणपत्र ग्रहण गर्नुहुँदै नेपाल तामाङ घेदुङ मलेसियाको नव निर्वाचित अध्यक्ष विक्रम वाईबा तामाङ ।

घेदुङ मलेसियाको अध्यक्षमा विक्रम वाईबा तामाङ , वरिष्ठ उपाध्यक्ष छेवाङ पाख्रिन तामाङ , उपाध्यक्ष सुमन पाख्रिन तामाङ , सुमन मोक्तान , महिला उपाध्यक्ष सम्झना मोक्तान , महासचिव सविन लोप्चन तामाङ , सचिव सञ्जीव तामाङ , महिला सचिव डिना मोक्तान , कोषाध्यक्ष ज्ञान ध्वज बोम्जन , सह – कोषाध्यक्ष नवराज रुम्बा तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

त्यस्तै समितिको सदस्य हरुमा क्रमशः छबिलाल बोम्जन , दिपक थिङ तामाङ , भोज थिङ तामाङ , पेमा स्याङ्तान तामाङ , कृष्ण बहादुर मोक्तान , शर्मिला दोङ ,  शान्ता तामाङ , लालबहादुर थिङ तामाङ , सुनिता पाख्रिन तामाङ , शुसिला मोक्तान , राजु योन्जन तामाङ , रामबहादुर गोले , नवराज थिङ तामाङ लगायत सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

सदाझै यस् अधिवेशन कार्यक्रममा पनि घेदुङ मलेसियाले मलेसियामा कार्यरत रहि पत्रकारितामार्फत नेपाली समुदाय, श्रमिक माझमा पुर्याएको योगदानको कदर गर्दै सञ्चारकर्मी , फोनिज मलेसियाका कार्यवाहक अध्यक्ष घनश्याम चौधरी “आरएन” लाई खादा ओढाइ सम्मानपत्र सहित सम्मान गरेका थिए , त्यस्तै समाजसेवी पुर्ण सुब्बा लिम्बू लाई पनि सम्मानपत्र सहित सम्मान गरेका थिए ।

कार्यक्रमको संचालन सविन लोप्चनले गरेको थिए , भने कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष बिपिन राई , बिशिस्ट अतिथिमा नेपाल तामाङ घेदुङ संघीय सदस्य मिलन दोङ तामाङ , अतिथि हरुमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) शाखा मलेसिया को कार्यवाहक अध्यक्ष घनश्याम चौधरी “आरएन” , किरात याक्थुङ चुम्लुङ मलेसिया अध्यक्ष दिल केरुङ लिम्बू , थारु कल्याणकारिणी सभा मलेसिया सभापति ज्ञानचन्द्र चौधरी , प्रवासी नेपाली मञ्च मलेसिया अध्यक्ष दयाराम कुमाल् , सञ्चारकर्मीद्धय तिलोचन गौतम , कृष्ण गुप्ता , समाजसेवी पुर्ण सुब्बा लिम्बू , पदमबहादुर लिम्बू लगायत श्रमिकहरुको उपस्थिति थिए ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि , बिशेष अतिथि , अतिथि लगायतले नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको निम्ति बधाई तथा शुभकामना दिएका थिए ।