एनआरएनएद्वारा धमाधम राहत वितरण, आरसी भट्टराईले गरे रु.१ लाख १ हजार सहयोग।

क्वालालम्पुर (मलेसिया):= अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावित नेपाली जनतालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीले यतिबेला धमाधम राहत सामाग्री बितरण गरि सहयोग गरिरहेका छ्न ।

केहि दिन पहिले बसेको एनआरएनए आईसीसी केन्द्रिय समितिको बैठकले गरेको निर्णय अनुसार नै यतिबेला बद्री पंगेनी नेतृत्वको एनआरएनए संस्थाले देशको विभिन्न ठाउँमा पुगि बाढीपहिरोबाट प्रभावित गाउँ – गाउँमा पुगेर तत्काललाई बाच्न आवश्यक गाँस-बाँस-कपास सहयोग गरिरहेका छ्न ।

धमाधम राहत सहयोगकै क्रममा नेपालीका लागि, नेपाली भावनालाई साँच्चै मूर्त रूप दिँदै एनआरएनएले काठमाडौँको दक्षिणकाली नगरपालिका र मकवानपूरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित १ सय २० परिवारलाई राहत वितरण गरेको छ ।

आईसीसीले थालेको सोही सहयोग अभियानमा सामेल भैइ गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रीय संयोजक “आरसी” हरिप्रसाद भट्टराईले नेपाली रु. १ लाख १ हजार आर्थिक सहयोग प्रदान गरेका छ्न ।

बिगत लामो समयदेखि मलेसियालाई कर्मथलो बनाएका आरसी हरिप्रसाद भट्टराई एनआरएनए अभियानमा निरंतर लागिरहेको एक सक्रिय समाजसेवी, सभियान्ता हुन । उनले देशमा बिपत्त पर्दा होस् , या विदेशमा कुनै नेपाली कामदार लाई समस्या परेको होस् , त्यस्तो बेलामा जहिल्यै अग्रसर भैइ सहयोग गर्दै आएका छ्न आरसी हरि प्रसाद भट्टराई ।

मलाया खबरसंग कुरा गर्दै आरसी भट्टराईले, “यतिबेला देशमा ठूलो प्राकृतिक बिपत्ति आईपरेको छ , तपाई हामी सबैजना मिलेर एकजुट भएर पीडित नेपाली जनतालाई सहयोग गर्नुपर्छ।” उनले भने ।

राहत सहयोग कार्यमा अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा संघको तर्फबाट गएको टोली उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष रामशरण सिम्खडा, उपमहासचिव सोम सापकोटा, सहकोषध्यक्ष कृष्ण प्रसाद  तिमिल्सिना आइसीसी सदस्यहरु हेमन्त काफ्ले, राजकुमार थापा, पूर्व महासचिव रतन झा, सल्लाहकार अतुल कोइराला, पूर्व डिआरसी धर्मराज गिरी, एनआरएन अभियन्ता समिरा केसी, स्वयम्भूराज डंगोल, प्रदीप खनाल क्षेत्री, सीता खतिवडा, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, अधिकृत कुनाल मिश्र लगायतले उपस्थिति जनाएका थिए ।