काठमाडौं := आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको यस वर्षको बहु प्रतिक्षित मध्येको एक फिल्म ‘छक्का पञ्जा ५’को ट्रेलर सार्वजनिक गरिएको छ।
शनिबार सार्बजनिक गरिएको ट्रेलरमा दीपकराज गिरीले घुस नखाने सरकारी कर्मचारीको भूमिकामा रहेको बुझ्न सकिन्छ। त्यस्तै केदार घिमिरे, वर्षा सिवाकोटी, राजाराम पौडेल लगायतको पनि फिल्ममा महत्वपूर्ण भूमिका रहेको ट्रेलरबाट बुझ्न सकिन्छ।
दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी आदिको पनि अभिनय रहेको छ। हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन्। फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ।
यस श्रृंखलामा पनि दीपकराज गिरी राजा पात्रको भूमिकामा छन्। केदार घिमिरे माग्ने बुढाको भूमिकामा छन्। शीर्ष अभिनेत्रीको भूमिकामा वर्षा सिवाकोटी छिन्।यस शृंखला कर्मचारीतन्त्र र राजनीति वरपर घुमेको सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ।
‘छक्का पञ्जा’को अघिल्ला चार सिरिज सुपरहिट भएका थिए। पाँचौं सिरिज भने दुई नेपाली फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ सँगै रिलिज हुन लागेको छ।
भिडियो तलको लिङ्क क्लिक गर्नुहोस् :




















