मलेसियामा नवजात शिशुलाई अवैधानिक तवरले नदी किनारमा फाल्ने नेपाली युवक पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा नवजात बच्चालाई फ्याकेको आरोपमा एक नेपाली युवक पक्राउ परेका छ्न । पेराकस्थित ताइपिङको सिम्पाङ लारुतमा हिजो बिहिवार नदी किनारमा नवजात शिशुको शव फेला परेपछि अनुसन्धानको क्रममा एक ३४ वर्षीय नेपाली युवकलाई स्थानीय प्रहरीले पक्राउ गरेको हो ।

ताइपिङका प्रहरी प्रमुख एसीपी मोहम्मद नासिर इस्माइलले ताइपिङ अस्पतालको आकस्मिक विभागले बिहान करिब ०३ः३२ बजे घटनाबारे जानकारी दिएपछि आरोपित नेपाली युवकलाई खोजतलास गरि पक्राउ गरिएको पुष्टि गरेका छ्न । तर पक्राउ पर्ने नेपाली युवकको नाम पहिचान भने खुलाएका छैनन् ।

बच्चालाई जन्म दिने युवती कम्बोडिया मुलकी रहेकी र उनकी प्रेमिका नेपाली युवक रहेको खुलेको छ । ती  कम्बोडियाली महिलाले उपचारको क्रममा बच्चालाई  अस्पतालमा जन्म दिएकी थिइन्, तर बच्चा घर नलगेर नेपाली युवक र ती महिला मिलेर बच्चालाई नदी किनारमा  लगेर फाली दिएकी थिइन् ।

प्रहरीले सोधपुछ गर्दा ति युवायुवती ले आफू हरुले बच्चा जन्माएको तर जन्मिने बितिक्कै आफ्नो बच्चाको मृत्यु भएको दाबी गरेका थिए , र बच्चा पेटभित्रैबाट मरेकै जन्मिएको कारण फालीदिएको प्रहरी समक्ष स्वीकार गरेका छ्न ।

साथै ती संदिग्ध नेपाली युवकलेनै आरोप स्विकार्दै प्रहरीलाई बच्चा फालेको नदी किनारमा लिएर गएका थिए। प्रहरीलाई बच्चाको मृत शव फेला परेको छ । ति दुईजना विरुद्ध नवजात बच्चाको हत्या गरेको सम्बन्धि मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
Bernama