पूर्वराजा ज्ञानेन्द्र शाहले विजय दशमीको टीका शुभेच्छुक सर्वसाधारणलाई लगाइदिने।

काठमाडौं := पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको विजय दशमीको टीका शुभेच्छुकलाई लगाइदिने भएका छ । यस वर्षको विजया दशमीको टीका असोज २६ गते शनिबार परेको छ ।

उक्त दिन अपरान्ह ४ बजे निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने उनको सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।