हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’ को पहिलो गीत सार्वजनिक।

काठमाडौं := हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’ को पहिलो गीत सार्वजनिक गरिएको छ। बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएक चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्। चलचित्र ‘नौ डाँडा पारी’, ‘मंगलसुत्र’ निर्माण गरेका निर्माता अधिकारी करिव १५ बर्षपछि फेरी चलचित्र निर्माणमा फर्किएका हुन्।

सार्वजनिक शिर्ष गीतमा प्रशान्त सिवाकोटीको शब्द, संगीत र रहेको छ भने स्वर भरत अधिकारी,प्रशान्त सिवाकोटी,टिकाराम श्रेष्ठ र रोषा फुयाँलको रहेको छ।  सार्वजनिक गीतमा चलचित्र प्रमुख पात्रहरु सबै फिचर्ड छन्। चलचित्रको शिर्ष गीत म्युजिक नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको चलचित्र ‘फिरफिरे फिरिरी’ ले दर्शकलाई पूर्ण मनोरंजन प्रदान गर्नेमा निर्माण टिम ढुक्क देखिएको छ। यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। चलचित्र आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउनेछ। चलचित्रको सार्वजनिक पोस्टर अनन्त घिमिरेले डिजाइन गरेका हुन्।

चलचित्रलाई देशभर आर.आर फिल्म्सले वितरण गर्नेछ। चलचित्रको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ । यस चलचित्रमा मनोज कुमार अधिकारी,सन्दिप श्रेष्ठ, भावना उप्रेती,शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी,पुष्प अवस्थी,सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा जितु तामाङको छायांकन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन,केशव राज भट्टको कोरियोग्राफी,एलिस कार्कीको ब्याकराउण्ड म्युजिक,प्रशान्त सिवाकोटीको संगीत,अमित श्रेष्ठको साउण्ड डिजाइन,अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ।

तलको लिङ्क क्लिक गरेर पूरा भिडियो हेर्नुहोस् :