आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दिपेन्द्र सिंह दोस्रो स्थानमा उक्लिए।

एजेन्सी := नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिएका छन् । आइसीसीले बुधबार जारी गरेको नयाँ वरियतामा दिपेन्द्रले चार स्थानको छलाङ मार्दै दोस्रो स्थानमा उक्लिएका हुन् । उनी यसअघि छैटौं स्थानमा थिए ।

नेपाली खेलाडी आइसिसी वरीयताको कुनै पनि क्याटागोरीमा दोस्रो स्थानमा पुगेको यो पहिलो पटक हो।त्यस्तै अलराउण्डरको शिर्ष स्थानमा भने ईङल्याण्डका लियाम लिभिङस्टोन रहेका छन् । यस सूचीमा तेस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बाबेका सिकन्दर राजा, पाँचौं स्थानमा श्री लंकाका वानिन्दु हसरंगा रहेका छन ।

त्यस्तै सूचीको छैटौ स्थानमा अफगानिस्तानका मोहमद नवि, सातौं स्थानमा भारतका हार्दिक पाण्डेय रहेका छन्।यस सूचीमा नेपालका कुशल मल्ल ६ स्थान तल झर्दै ४०औं स्थानमा पुगेका छन् । त्यस्तै नेपालका गुलशन झाले अलराउण्डरको वारियतामा ११ स्थानको सुधार गर्दै ५३औ स्थानमा उक्लिएका छन् । त्यस्तै नेपालका कप्तान रोहित पौडेल पनि ५३औ स्थानमै छन् ।