काठमाडौं := मेडिकल व्यवसायी दुर्गा प्रसाईं रु.१ लाख रुपैयाँ तिरेर छुटेका छन्। काठमाडौँ जिल्ला अदालतले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार साँझ रिहा भएका हुन्।
प्रसाईंमाथी सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ, भने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो।
रिहा भएपछि प्रसाईले आफू शरीरमा एक थोपा रगत हुन्जेल आम जनताको लागि लडाई लड्ने बताएका छन्। उनले आफुलाई वीर अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गरिएको आरोप लगाउँदै आफुले नेपालकै ठुलो अस्पताल चलाइरहेको बताए।
प्रहरीको साइबर ब्यूरोले उनलाई असोज ६ गते भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो। उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो।



















