क्वालालम्पुर (मलेसिया):= रिया मनी ट्रान्सफर मलेसियाले नेपालीको लागि सेवा शुल्कमा बिशेष छुट सहितको अफर सार्वजनिक गरेका छ्न ।
मलेसियाको जुनसुकै ठाउँ बाट पनि रिया मनी ट्रान्सफरमार्फत जतिसुकै पैसा पनि नेपाल पैसा पठाएमा सेवा शुल्क बापत लिने गरेको रकम छुट दिइएको एक सूचना सार्वजनिक गरि जानकारी दिनुभएको छ ।
रिया मनि ट्रान्सफरले सूचनामा भनेका छ्न ” नेपालमायतिखेर लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानले थुप्रै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रभावित भएका छन्। यस विपदबाट बच्न र बचाउन प्रभावित नेपालीहरूसम्म सानो सहयोग पुर्याउने उद्देश्यले यहीँ मिति सन् २०२४ अक्टोबर १ तारिखदेखि अक्टोबर ६ तारिखसम्म भित्रमा रिया मनी ट्रान्सफर मार्फत नेपाल पैसा पठाउँदा कुनै पनि शुल्क नलाग्ने जानकारी गराउँदछौं।” भनेर सूचनामा उल्लेख गरेका छ्न ।
रियाले भनेका छ्न ” तपाईंहरूले यो सुविधा मलेसियास्थित रिया मनी ट्रान्सफर केन्द्रहरूबाट पाउन सक्नुहुन्छ। हामीले उठाएको यो कदमले बाढी र पहिरो पीडितहरूलाई आर्थिक सहयोग पुर्याउन सहयोग पुग्ने आशा गरेका छौं ।”