मलेसियामा कार्यरत रुपेश कुमार यादवको हत्यानै भएको पुष्टि, शव नेपाल पठाइयो।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= मलेसियामा मृत्यु भएको सिरहा जिल्ला बिष्णुपुर गाउँपालिका-२ राजापुर निवासी नेपाली श्रमिक रुपेश कुमार यादवको हत्यानै भएको पुष्टि भएको छ । सेप्टेम्बर २ तारिख सोमबारको दिन रुपेशसंगै कामगर्ने नेपाली साथीहरुलेनै ऊनीमाथी छुरा प्रहार गरेर हत्या गरेका थिए ।

हत्या आरोपमा स्थानीय प्रहरीले उनकै सहकर्मी हरुलाई पक्रेर लगेर थुनामा राखी अनुसंधान गरिरहेका थिए , अनुसंधानमा खुलेको प्रहरी रिपोर्ट अनुसार रुपेश कुमार यादवको हत्यानै भएको मलेसियास्थित नेपाली राजदूतावासका प्रथम सचिव एवं प्रशासन सूचना प्रमुख बलिराम प्रसाद धामीले बताउनुभयो ।

दूतावासले बताए अनुसार रुपेशको हत्या आरोपमा पक्राउ परेकाहरु हिरासतमै रहेको र ऊनीहरु माथी स्थानीय प्रहरीले हत्या गरेको मुद्दा सम्बन्ध पेनलकोट ३०२ अन्तर्गत थप अनुसन्धान कारबाहि प्रक्रिया अगाडी बढाएको बताउनुभयो ।

मृतक यादवको शव बुझ्दै उनको आफन्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

त्यस्तै प्रहरीको आधिकारिक रिपोर्ट आएसंगै कानुनी प्रक्रिया पूरा गरि मृतक रुपेश कुमार यादवको मृत शव नेपाल फिर्ता पठाएका छ्न । हेल्प मधेसी मलेसियाको पहलमा नेपाली राजदूतावास र रोजगारदाता कम्पनीको सहयोग सहकार्यमा मृत यादवको शव अन्तिम दाहसंस्कारको लागि यहीँ मिति सन् २०२४ सेप्टेम्बर २५ तारिख बुधबारको दिन नेपाल पठाइएको हेल्प मधेसी मलेसियाको वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतोले जानकारी दिनुभयो ।

हेल्प मधेसी मलेसिया संस्थाले घटनाबारे अनुसन्धान गराउन समन्वय गरेकोमा र मृत शव नेपाल पठाउन अहम भुमिका निभाएकोमा नेपाली राजदूतावास परिवार र दूतावासका प्रथम सचिव एवं सूचना अधिकारी धामी प्रति कृतज्ञता व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छ्न ।