सीताराम कट्टेल ‘धुर्मुस’ लामो समयपछि ‘लाज शरणम्’ फिल्मबाट अभिनय यात्रामा फर्किए।

काठमाडौं := हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ लामो समयपछि चलचित्र अभिनयमा फर्किनुभएको छ । उहाँले हास्य सिरियल ‘सक्किगोनि’ टिमको चलचित्र ‘लाज शरणम्’ मा अभिनय गर्ने हुनुभएको हो । २०७६ सालमा रिलिज ‘सेन्टिभाइरस’ पछि धुर्मुसले कुनै चलचित्रमा अभिनय गर्नुभएको छैन ।

उहाँ ‘लाज शरणम्’ को आफ्नो केही भागको छायांकन सकेर डोल्पाबाट काठमाडौं फर्किनुभएको छ । धुर्मुसले चलचित्रमा आफ्नो अभिनय रहेको जानकारी दिँदै धेरैपछि सेटमा फर्किँदा एकदमै खुशी लागेको बताउनुभयो । कुमार सीतारामकै सहोदर भाइ हुनुहुन्छ ।

सोसल कमेडी जनरामा निर्माण भइरहेको यो चलचित्रमा कुमार कट्टेलले (जिग्री)ले निर्देशन छ । यसमा सक्किगोनि टिमबाट सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), हरिश निरौला (कक्रोज) कमलमणि नेपाल, बबिन राई (गल्फने बाजे) र प्रियना आचार्य (मुन्नी) को अभिनय रहनेछ ।

साथमा माला लिम्बु, मुकुन्द श्रेष्ठ, विजय बराल, देशभक्त खनालको पनि अभिनय रहनेछ । चलचित्रको यतिबेला डोल्पामा छायांकन भइरहेको छ । यो चलचित्र आगामी महाशिवरात्रीको अवसरमा फागुन १४ गतेदेखि सिनेमाघरमा ल्याउने निर्माणपक्षले जनाएको छ ।