मलेसियामा पक्षघात “प्यारालाईज” भएका कालीचरण चौधरी संघसंस्थाको सहयोगमा स्वदेश फर्किए।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा काम गर्दागर्दै शरीरनै पक्षघात (प्यारलाईज) भएर बिरामी परेका नेपाली श्रमिक कालीचरण चौधरी अन्ततः विभिन्न संघसंस्थाको सहयोग सहकार्यमा स्वदेश फर्केका छ्न ।

नेपाल ठेगाना दाङ जिल्ला शान्ति नगर घर भइ हाल मलेसियाको जोहोरबारु स्थित एक सुरक्षागार्ड (सेक्युरिटी) कम्पनीमा कार्यरत कालीचरण चौधरी केही दिन अघि प्यारलाइसेसले हानेर अर्धजीव देब्रे हात र खुट्टा नचल्ने अबस्थामा छटपटाउदै बसिरहनु भएका थिए ।

बिरामी चौधरीलाई मलेसियास्थित नेपाली राजदूतावाससंगै विभिन्न संघसंस्थाको सहयोगमा उद्दार गरि सकुशल नेपाल फर्काइएका हुन । उनलाई स्वदेश फर्काउनलाई रोल्पाली सेवा समाज मलेसियाले बिशेष भुमिका निभाएका थिए । प्यारालाइसेसको आक्रमणले निकै नै जटिल अवस्थामा रहेका उनलेे दिसापिसाब सुतेकै ठाउँमै गर्ने गरेका थिए ।

कालीचरण चौधरी बिगत १४ महिनादेखि अवैधानिक (इलिगल) हैसियतमा रहि काम गरिरहेकोले ऊनी कार्यरत सेक्युरिटी कम्पनीले कुनैपनि किसिमको उपचार , रेखदेख वास्ता नगरेपछी उहाकै समकालीन नेपाली सुरक्षागार्ड साथिहरुले रेखदेख गर्दै आउनुभएको थियो।

कालीचरण चौधरीलाई रोल्पाली सेवा समाज,मलेसियाको समन्वय तथा संरक्षणमा प्रवासी नेपाली मंच मलेसिया र एन आर एन ए एन सि सि मलेसियाको विशेष सहयोगमा मंगलबार मलेसियाको समय अनुसार दिउँसो ०३:०० बजेको मलिन्डो एअरलाईन्स बाट नेपाल फर्केका हुन ।

उनलाई स्वदेश फर्किन आवश्यक पर्ने कागजात बनाउन चाहिने आर्थिक रकम रोल्पाली सेवा समाज मलेसिया ,  प्रवासी नेपाली मञ्च र गैर आवासीय नेपाली संघ “एनआरएनए” जोहोर समितिले सहयोग गरेका हुन , भने हवाई टिकट चाहिँ गैर आवासीय नेपाली संघ “एनआरएनए” केन्द्रिय समितिका वरिष्ठ युवा उपाध्यक्ष नारायण अधिकारीले किनिदिएर सहयोग गरेका थिए ।

रोजगारीको सिलसिलामा मलेसियामा आई रोजगारदाता कम्पनी छाडेर भागेर अवैधानिक बन्दा बिरामी परेको अवस्थामा यस्ता किसिमका जटिल समस्या निम्तिने गरेको पाइएको छ । मलेसियामा अवैधानिक रहेकै कारण कम्पनी र सरकारबाट पाउने  सेवा , सुविधाबाट बन्चित हुनु परेको कैयौं घटना दिनप्रतिदिन सार्वजनिक भैइराखेका हुन्छन् ।

तर पनि नेपाली हरु अवैधानिक नै बनेर हिड्ने गरेको देख्दा दुःख लाग्ने गरेको र बिरामी पर्दा अथवा मृत्यु हुँदा वा इमिग्रेशनद्वारा पक्राउ पर्दा स्वदेश फर्काउन विभिन्न समस्याको सामना गर्नुपर्ने बाध्यता आउने गरेको नेपाली राजदूतावासको भनाइ छ् । यहाँ कार्यरत कोहि पनि नेपाली अवैधानिक नबनिदिन नेपाली राजदूतावासले अनुरोध गरेका छ्न ।