एनआरएनए केन्द्रद्वारा एनआरएनए मलेसियाका नव अध्यक्ष महतोलाई प्रमाणपत्र प्रदान।

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसी केन्द्रले गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी मलेसियाका नव नियुक्त अध्यक्ष राकेश प्रसाद महतो “आरके” लाई अध्यक्ष पदको प्रमाणपत्र प्रदान गरेको छ ।

सेप्टेम्बर ७ तारिख शनिबार सम्पन्न एनआरएनए मलेसिया बहुमत कार्यसमितिको बैठकले अध्यक्ष पदमा आरके महतोलाई नियुक्ति गरेसंगै नव अध्यक्ष महतोले पदबहाली गर्नुभएको थियो । एनआरएनए मलेसियाको अध्यक्ष पदमा महतो नियुक्ति भएको जानकारी पत्र केन्द्रले पाएसंगै आईसीसीको तर्फबाट अध्यक्ष महतोलाई प्रमाणपत्र प्रदान गरिएको एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै नवनियुक्त अध्यक्ष महतोले गैरआवासीय नेपाली अभियानलाई अझ सशक्त रुपमा अगाडि बढाउनुको साथै मलेसियामा रहेका नेपाली श्रमिकमहरुको हकहित तथा सुरक्षाका लागि काम गर्ने बताए।

उनले भने , “मैले निर्वाचनको ताका एनआरएनए र श्रमिकको हितमा उल्लेख गरेको बुदाँसहितको घोषणापत्र सार्वजनिक गरेको छु , ती सबै नभएनी घोषणापत्रमा उल्लेख मुख्य मुख्य बुँदामा मध्यनजर गरि क्रमशः अगाडि बढ्दै जाने र यस सराहनीय कार्यमा एनआरएनए मलेसिया समितिले समेत सघाउनेमा आफू बिश्वस्त रहेको बताउनुभयो ।”