फिल्म ‘कल्ली’ मा अभिनेता सौगात मल्ल अनुबन्ध।

काठमाडौं := फिल्म ‘कल्ली’ मा अभिनेता सौगात मल्ल अनुबन्ध भएका छन् । उनले निर्माण पक्षसँग कागजी सम्झौता गरेका छन् । निर्माता किरण नेपालीका अनुसार उनी चार नायक मध्ये एकको भूमिकाको लागि अनुबन्ध भएका हुन् । भन्छन्, ‘उहाँको भूमिकाबारे कलाकारको चयनको काम पूरा भएपछि सार्वजनिक गर्छौं ।’

तिहार लगत्तै छायांकनमा निस्कने तयारी भइरहेको निर्माता नेपालीले जानकारी दिए । उनका अनुसार  कर्णालीका विभिन्न स्थानमा छायांकन हुनेछ। रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने यस फिल्मको लेखक र निर्देशक लक्ष्मण सुनार हुन् ।यो फिल्मको प्रदर्शन मिति चैत २९ गतेलाई तोकिएको छ ।