दिल्लीको मुख्यमन्त्री पदबाट अरविन्द केजरीवालले राजीनामा दिने।

एजेन्सी := भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिनु हुने भएको छ । उहाँले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नु भएको हो । जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म सीएमको कुर्सीबाट राजीनामा दिनेछु र जनताले निर्णय नआएसम्म म सीएमको कुर्सीमा बस्ने छैन। म जनताकोबीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।’