काठमाडौं := जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा दायर गर्नुभएको छ ।राउतले ललितपुर जिल्ला अदालतमा दुई हप्ता अघि श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्नुभएको हो ।
अदालत स्रोतका अनुसार श्रीमती सिन्धु रानी घरमा नबस्ने, माइत मात्र जाने गरेको भन्दै आफूले सम्बन्ध विच्छेद गर्न चाहेको राउतले मुद्धामा उल्लेख गर्नुभएको छ । उहाँले मुद्दा शीर्षक ‘अंश सम्बन्ध विच्छेद’ उल्लेख गर्नु भएको छ । उहाँका दुई छोरी र एक छोरा हुनुहुन्छ ।
४७ वर्षीय राउत प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ । पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ ।




















