नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट दिए राजीनामा।

काठमाडौं := नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अध्यक्ष पदबाट राजीनामा दिएका छन्। पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन्।

महासंघको निर्वाचन दुई पटक तोकिएपनि हुन नसकेको अवस्थामा अध्यक्ष पोखरेलले पुनः कार्यतालिका ल्याउन नसकेको, सदस्यता विवाद मिलाउन नसकेको अवस्थामा उनले राजीनामा दिएका हुन्।

पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियो । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखेपनि विवाद हल भएपछि मात्रै नामवली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुले भनेका थिए ।

नामवली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने स्थिति बनेको छ । यसैका कारण अध्यक्ष पोखरेलको राजीनामा आएको स्रोतको दाबी छ ।

पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिएको हो । महासंघ केन्द्रले असोज ५ लाई नयाँ निर्वाचनको मिति तोकिएको थियो । असोज ५ सहित हालसम्म तीन पटक निर्वाचनको मिति तोकि सकिएको छ ।