मृगौला पीडित संचारकर्मी विकलाई मलेसियाबाट आर्थिक सहयोग।

[ बिबश रसाइली ] 

क्वालालम्पुर := नेपालमा मृगौला पीडितको संख्या दिन दिनै बढ्दो क्रममा छ्न । बारम्बार मृगौला पीडितको नाममा देश बिदेश बाट आर्थिक संङकलन गरि सहयोग गरेको खबर समाचारमा हेर्ने गर्दछौं । त्यस्तै पीडामा यतिबेला छ्टपटाईरहेका छन, रोल्पा रुन्टीगढी गाउँपालिका वडा नम्बर ,५ निवासी ३५ वर्ष का राम सिंह बिक।

दाङको घोराही बसोबास गर्दैआईरहेका बिकको दुबै मृगौला फेल भएर काम गर्दैनन्। पीडित बिक अहिले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा ४ वर्ष देखि उपचार भईरहेको हुदा पीडित राम सिङ्ग बिकको जीवन रक्षाको लागि मलेसियाबाट इपो स्थित PMI Technology कम्पनीमा कार्यरत रुपेश खड्का को संयोजकत्तोमा सोही कम्पनीमा कार्यरत नेपालीहरुले  आर्थिक रकम सहयोग संकलन गर्दा मलेसियन रिङ्गेट  ८०० जम्मा गरि नेपाली रु, २४,३७१ रुपैयाँ र अर्को सोही ठाउँ स्थित MEGA SQUARE कम्पनीमा कार्यरत गोपाल बिकको संयोजकत्तोमा सोही कम्पनीमा कार्यरत नेपालीहरुको आर्थिक रकम संकलन गर्दा मलेसियन रिङ्गेट १०१० जम्मा गरि नेपाली रु ३१,९१६ रुपैयाँ पीडित राम सिंह बिकको परिवार लाई आज आइतबार पठाएको उहाँको आफन्त गोपाल बिकले जानकारी दिनुभयो।

यसै गरि दाङको शान्तिनगर गाउँपालिका धनौरी घर भई हाल रोजगारिको सिलसिला अमेरिका कार्यरत नेपाली तिलक बि क ज्यु बाट नेपाली रु,५००० हजार रुपैयाँ पीडित परिवारलाई पठाएउनु भएको थियोे । पीडित राम सिङ्ग बि क ले २०६६ साल बाट गित संगित र सन्चारकर्मी क्षेत्रमा जम्दै आएका थिए दाङको घोराही स्थित रेडियो शोर्गोद्वारी मा काम गर्थे ।