रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त।

काठमाडौं:= रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त हुनुभएकाे छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा लामा नियुक्त गरेको हो ।

मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामासहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । सिफारिस मध्येबाट लामालाई नियुक्त गरिएको हो ।लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर साढे २ वर्षअघि अवकाश लिएका थिए ।

लामा अहिले मदन भण्डारी फाउण्डेसनको केन्द्रीय सदस्य, मदन भण्डारी कलेजको पत्रकारिता विषयका प्राध्यापक तथा रेडियो श्वेत शार्दूलको कार्यकारी प्रमुख रहेका छन् ।

लामा संयुक्त राष्ट्रसंघीय रेडियो कार्यक्रमको उत्पादक, (रेडियो नेपालको बोर्ड सदस्य भइसकेका छन् । उनले २३ वर्ष अघि २०५४ सालमा दिपायल प्रसारण केन्द्रबाट उद्घोषकको सेवा सुरु गरेका थिए ।