‘जब समय आउनेछ, मैले सजिलै फुटबल खेल छाडिदिनेछु,’: पोर्चुगाली लिजेन्ड क्रिस्टियानो रोनाल्डो।

उरुग्वे:= उरुग्वेका अनुभवी स्ट्राइकर लुइस सुआरेजले सन्न्यास घोषणा गरिरहँदा पोर्चुगाली लिजेन्ड क्रिस्टियानो रोनाल्डोले अहिले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने कुनै योजना नभएको बताउनुभएको छ । तर, पोर्चुगलका लागि २१२ खेलमा १३० गोल गर्नुभएका रोनाल्डोले समय आएपछि आफूले सन्न्यास लिने बताउनुभयो । ‘जब समय आउनेछ, मैले सजिलै छाडिदिनेछु,’ उहाँले भन्नुभयो ।

पोर्चुगलले अबको साता क्रोएसिया र स्टकल्याण्डविरुद्ध नेसन्स लिगमा खेल्दैछ । त्यसका लागि घोषित टिममा रोनाल्डो पनि हुनुहुन्छ । म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडबाट खेलेर नाम कमाउनुभएका रोनाल्डो अहिले साउदी अरेबियाको अल-नासरमा आबद्ध हुनुहुन्छ ।

‘जतिबेला समयले माग्नेछ, मैले अन्तर्राष्ट्रिय फुटबल खेल्न छाड्नेछु । मेरा लागि कुनै पनि प्रकारले गाह्रो न गाह्रो निर्णय हुनेछैन,’ उहाँले भन्नुभयो, ‘जतिबेला मलाई लाग्नेछ, मैले पोर्चुगलका लागि कुनै प्रकारको योगदान गर्न सक्दिनँ, म नै त्यस्तो पहिलो हुनेछु, जसले अब खेल्दिनँ भन्नेछ ।’ एजेन्सी