सहकारी रकम ठगि सम्बन्धि छानबिन बिशेष समितिको म्याद १५ दिन थप।

काठमाडौं := सहकारी संस्थाको बचत रकम ठगि बारे छानबिन गर्न गठन भएको संसदीय छानविन विशेष समितिको म्याद १५ दिन थप भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा विशेष छानविन समितिका सभापति सूर्यबहादुर थापाक्षेत्रीले समयावधि थपका लागि प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णायर्थ सभासमक्ष पेश गरेपछि प्रतिनिधि सभाबाट समयावधि थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो। प्रस्ताव पेश गर्ने क्रममा विशेष समितिका सभापति थापाले हालसम्म समितिले विभिन्न सहकारी संस्थाको बचत रकम अपचलनमा जोडिएका भनी आरोपित ५० जना व्यक्तिहरुसँग सोधपुछ कार्य गरिसकिएको जानकारी दिएका थिए ।

उनले सार्वजनिक विदाको दिनबाहेक समितिले विहान, दिउँसो र मध्यरातिसम्म काम गरिरहेको जानकारी गराए । समितिले अथक मेहनत गरिरहँदा पनि निर्धारित समय यही भदौ २२ गते सम्म काम समाप्त हुन नसक्ने अवस्था आइपरेको बताए ।