क्वालालम्पुर := थारु कल्याणकारिणी सभा मलेसियाको चौथो अधिवेशन सम्पन्न भएको छ । यहीँ सेप्टेम्बर १ तारिख आईतवार राजधानी क्वालालम्पुरमा अवस्थित एभरेस्ट किचेन रेष्टुरेन्टको प्राङ्गणमा थाकस मलेसियाका अध्यक्ष मनिराम चौधरीको सभापतित्वमा सम्पन्न चौथो अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएका छ्न ।
थाकस मलेसियाको चौथो अधिवेशनबाट ज्ञानचन्द्र चौधरी (सुनसरी) को नेतृत्वमा जम्मा १५ सदस्यीय थाकस मलेसिया नव कार्यसमिति सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत एवं थाकस मलेसियाका संस्थापक/संरक्षक घनश्याम चौधरी “आरएन” ले पदसहितको नामावली घोषणा गरेका थिए ।

नव निर्वाचित कार्यसमितिमा क्रमशः अध्यक्ष ज्ञानचन्द्र चौधरी ( सुनसरी ) , उपाध्यक्ष रामकुमार थारु “आरके” ( बाँके ) , उपाध्यक्ष मंगल चौधरी ( बर्दिया ) , महिला उपाध्यक्ष राधा राना चौधरी ( बुटवल ) , महासचिव अजय चौधरी ( सुनसरी ) , कोषाध्यक्ष आशिष चौधरी ( चितवन ) सचिव प्रकाश चौधरी ( सप्तरी ) रहेका छ्न ।

त्यस्तै सदस्यहरुमा रंजन चौधरी ( कपिलवस्तु ), गोकर्ण चौधरी ( कैलाली ), सुवास थारु ( कपिलवस्तु ), सबिता चौधरी ( चितवन ), चन्द्र चौधरी ( कैलाली ), सुनिता पछलडङ्गिया ( कैलाली ), कृष्ण दङ्गोरिया थारु ( कपिलवस्तु ) सदस्य / संास्कृतिक संयोजक, केशव चौधरी ( नवलपरासी ) रहेका छ्न ।
त्यस्तै थाकस मलेसियाको संस्थापक प्रमुख सल्लाहकारमा मनिराम थारु , प्रजेश चौधरी र
सल्लाहकारमा आरपी चौधरी , रमेश कुमार पजियार थारु , शिवनन्दन चौधरी रहेका छ्न ।
अधिवेशन कार्यक्रमको अन्त्यमा थाकस मलेसियाको संरक्षक घनश्याम चौधरी “आरएन” र थाकस मलेसियाको निबर्तमान अध्यक्ष मनिराम थारु , संस्थापक प्रमुख सल्लाहकार प्रजेश चौधरी , सल्लाहकार रमेश पजियार थारु , आरपी चौधरी लगायतले नव निर्वाचित कार्यसमितिलाई शुभकामना तथा बधाई दिएका थिए ।





















